नियम ५
तालिम र प्रमाणपत्र
(१) सुपरिटेण्डेण्ट र खोप्ने व्यक्तिहरूलाई देहायको तालिम दिइने छः–
(क) छाला सम्बन्धी साधारण ज्ञान,
(ख) विफर सम्बन्धी साधारण ज्ञान,
(ग) विफर नियन्त्रण कार्यक्रममा अपनाइने मल्टिपल प्रेसर तथा अन्य तरीकाहरूको ज्ञान,
(घ) स्वास्थ्य सम्बन्धी साधारण ज्ञान,
(ङ) सुकेको खानेपानी औषधि (ड्राइड भ्याक्सिन) बारे साधारण ज्ञान, र
(च) अभिलेख (रेकर्ड) राख्ने तरीका ।
(२) सुपरिटेण्डेण्टलाई उपनियम (१) मा लेखिएका कुराहरूका अतिरिक्त प्रशासकीय विषयमा पनि तालिम दिइनेछ ।
(३) उपनियम (१) बमोजिमको तालिममा सफल हुने व्यक्तिहरूलाई प्रमाणपत्र दिइनेछ ।
(४) उपनियम (१) अन्तर्गतको तालिम अवधि साधारणतया ६ दिनको हुनेछ ।
(५) उपनियम (१) अन्तर्गत प्रमाणपत्र प्राप्त गर्ने व्यक्तिले नेपाल भर खोप्ने कार्य गर्न सक्नेछन् ।